Karobar Daily

सरकारको विज्ञापन नीति विरुद्ध महासंघको धर्ना

काठमाडौं- नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धर्ना कार्यक्रम आयोजना गरेको छ । महासंघको आह्वानमा बुधबार काठमाडौंसहित देशभरका ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको हो । काठमाडौं शाखाले बबरमहलमा आयोजना गरेको धर्ना कार्यक्रममा पत्रकारहरूले मिडियाविरोधी…

सुजुकी ई–भिटाराको मूल्य घट्यो

काठमाडौं- सरकारले विद्युतीय सवारीसाधनमा लागू गरेको नयाँ कर संरचनापछि सीजी मोटोकर्पले सुजुकी ई–भिटाराका सबै भेरियन्टको मूल्य घटाएको छ । कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार ई–भिटाराको विभिन्न मोडेलमा मूल्य घटाइएको हो । सीजी मोटोकर्प प्रालि सुजुकी अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक हो । कम्पनीका अनुसार सरकारको नयाँ कर व्यवस्थाबाट प्राप्त लाभ तत्काल…

एनसेल डेटा सेन्टरले पायो एएनएसआई/टिआइए–९४२–सी प्रमाणीकरण

काठमाडौं- एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डेटा सेन्टरले विश्व प्रतिष्ठित ”एएनएसआईरटिआइए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेसन”को प्रमाणीकरण पाएको घोषणा गरेको छ । यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टिएर थ्री प्रमाणीकरणले एनसेल डेटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ । इन्टिग्रेटेड डेटा…

वाराणसीमा हुने अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीका लागि निक्की र एचओआरबीच सहकार्य

काठमाडौं- नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकार (एचओआर)बीच समझदारी भएको छ । मंगलबार निक्कीको सचिवालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । यस सहमतिसँगै भारतको ऐतिहासिक तथा धार्मिक नगरी वाराणसीमा आयोजना हुन लागेको ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी…

बीपीसीले सुरू गर्‍यो नेपालको पहिलो हरित हाइड्रोजन पाइलट परियोजना

काठमाडौं- बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी)ले बेलायत सरकार र विश्व बैंकको सहयोगमा प्युठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ । बीपीसीका अनुसार १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाबाट उत्पादित नवीकरणीय विद्युत प्रयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गरिनेछ । परियोजना विश्व बैंकको प्राविधिक…

इनड्राइभको वार्षिकोत्सव विशेष क्याम्पेन

काठमाडौं–विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको अवसरमा चालक–केन्द्रित सेवा मोडल, आयमा पारदर्शिता, स्वतन्त्र निर्णयको अधिकार तथा लचिलो कार्य वातावरणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुन: दोहोर्‍याएको छ । कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर) नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ…

मकालु वाइनले सेयर निष्कासन गर्ने

काठमाडौं– मकालु वाइन इन्डस्ट्रिजले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबर प्रतिसेयर १०० अंकित मूल्यका १० लाख कित्ता सेयर निष्कासन प्रक्रिया अघि बढाएको हो । कम्पनीले आईपीओ निष्कासनका लागि रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको…

लामो समयसम्म निर्माणमा नगए अनुमतिपत्र खारेजीको सिफारिस

काठमाडौं– विद्युत् विकास विभागमार्फत जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ समक्ष समितिले प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनले विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेपछि पनि लामो समयसम्म निर्माण…

मूल्य समायोजन नहुँदा निर्माण उद्योग धराशायी

काठमाडौं– मध्यपूर्वमा जारी युद्धका कारण केही महिनादेखि इन्धनसहित निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी धराशायी बनेको छ । महँगी बढेको बेला निर्माण व्यवसायीले राखेको मूल्य समायोजनमा सरकारले वास्ता नगरेपछि निर्माण उद्योग र व्यवसायीहरू इतिहासकै सबैभन्दा धराशायी स्थितिमा पुगेको नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ । महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार…

खानीमा नयाँ कानुन स्वागतयोग्य

खानी उत्खननसम्बन्धी विद्यमान खुकुलो व्यवस्था संशोधन गर्दै अवैध उत्खनन रोक्ने र यस क्षेत्रको उत्पादकत्व बढाउने गरी सरकार नयाँ ऐन ल्याउने तयारीमा जुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ तयार गरेको छ । यसलाई संघीय संसद्मा पेस गर्नुअघि अहिले…

ज्योति विकास बैंकद्वारा ११ वटा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर मेसिन प्रदान

काठमाडौं- ज्योति विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा देशका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रका ११ वटा स्वास्थ्य केन्द्रहरूलाई बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । नवजात शिशुहरूको शारीरिक तापक्रम उचित राखी हाइपोथर्मिया (अल्पताप) को जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यी जीवनरक्षक उपकरणहरू आधारभूत स्वास्थ्य सेवा तथा आवश्यक…

भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्रीको स्पष्टीकरण

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको जनाउँदै करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको बुधबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै…

एकैदिन १० हजार १ सय घट्यो सुनको मूल्य

काठमाडौं- सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको मूल्य १० हजार १ सय र चाँदी १८५ रुपैयाँ घटेको हो । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि घटेर प्रतितोला ४ हजार ७४० रुपैयाँमा…

बोधी संवाद हुँदै, विशेष आकर्षण चीनबारे छलफल

काठमाडौं- नेपाल, दक्षिण एशिया तथा विश्वव्यापी रूपमा विकास भइरहेका आर्थिक, राजनीतिक र भू–राजनीतिक परिवर्तनहरूबारे विमर्श गर्न काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद २०२६’ आयोजना हुने भएको छ । सामाजिक नवप्रवर्तन र विदेश नीति केन्द्र (सेसिफ) को आयोजनामा आउँदो मंगलबारदेखि शुक्रबारसम्म चार दिनसम्म सो सम्मेलन सञ्चालन हुन लागेको हो ।…

चक्रपथका तीन आकासे पुल १० वर्षमा पनि बनेनन्

काठमाडौं– काठमाडौंको रिङरोड (चक्रपथ) अन्तर्गत ललितपुरमा पर्ने महालक्ष्मीस्थान, सानेपा र बल्खु गरी तीन वटा आकासे पुलको निर्माण एक दशकसम्म अलपत्र परेको छ । आर्थिक वर्ष २०७३–७४ मा ठेक्का लागेका यी यात्रु हिँड्ने आकासे पुल २०७५ सालमै निर्माण सम्पन्न हुनुपर्ने थियो । सरकार र निर्माण व्यवसायीको लापरवाहीका कारण यी पुल ८…

आवेदन दिएका १७ हजार बढी विद्यार्थी अलपत्र

काठमाडौं– इजरायल जानका लागि लिइँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्कसमेत बढी लिएको विरोधस्वरुप मंगलबार भएको झडपका कारण परीक्षा स्थगन गरिएको हो । मंगलबार परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध कार्यक्रम गरेपछि इन्टरनेसनल क्वालिफिकेसन…

अर्थतन्त्रको विकासमा रूपान्तरणको आवश्यकता

चालु आर्थिक वर्ष २०८२–८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा गरिएको अनुमान हो । आधारभूत मूल्यमा भने वृद्धिदर ३.६८ प्रतिशतमात्र हुने अनुमान छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आधारभूत मूल्यको आर्थिक वृद्धिदर आव २०८१–८२ मा ३.८० प्रतिशत हुने संशोधित…

निजी क्षेत्रमा कर्जा विस्तार ५.७ प्रतिशतमात्र

काठमाडौं– चालु आर्थिक वर्षको दश महिनामा निजी क्षेत्रमा ५.७ प्रतिशतमात्र कर्जा विस्तार भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा १२ प्रतिशतले कर्जा बढाउने लक्ष्य राखेको थियो । अहिलेसम्म त्यसको आधाभन्दा कम उपलब्धि हासिल भएको हो । उसो त, राष्ट्र बैंकले विगतदेखि नै प्रक्षेपण गर्दै आएको कर्जा बढाउने…

ऋण व्यवस्थापनको सकसमा सार्वजनिक वित्त

पछिल्लो तथ्यांकअनुसार सार्वजनिक ऋण बढेर २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा ४५.०८ प्रतिशत हुन आउँछ । असार मसान्तसम्म सार्वजनिक ऋण वृद्धि भई ३० खर्ब २९ अर्ब ५८ करोड पुग्ने अनुमान गरिएको छ । यसरी सार्वजनिक ऋणको रकम तीव्र गतिमा वृद्धि…

वैशाखमा रेमिट्यान्स साढे २ खर्ब, ५ प्रतिशतले बढ्यो मूल्य वृद्धिदर

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्यांकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वैशाख महिनामा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । बैंकका अनुसार सो महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स विप्रेषण आएको हो । गएको चैतको तुलनामा वैशाख महिनामा रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेको हो । चैत…

निर्णय कार्यान्वयन नहुँदा त्रिविका प्राध्यापक धर्नामा

काठमाडौं- त्रिभूवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक, आंशिक शिक्षक र कर्मचारी संयुक्त संघर्ष समिति दबाबमूलक आन्दोलनमा उत्रिएका छन् । त्रिभूवन विश्वविद्यालय प्रशासनले सरकारको निर्णय कार्यान्वयन नगरेर आफ्नो स्वायत्तताको दुरुपयोग गरेको उनीहरुको मुख्य आरोप छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले २०८२ साल असार २० गते त्रिभूवन विश्वविद्यालयमा कार्यरत आन्तरिक तथा शैक्षिक जनशक्तिलाई सञ्चित अवकाश…

नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं- नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा विशेष समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीरलाई नियुक्त गर्न सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसको…

निश्चित ब्याचबाहेकका अन्य करेन्ट चाउचाउ खान योग्य

काठमाडौं- यशोधा फुड्स प्रा.लिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको बताएको छ । कम्पनीले एक सूचना जारी गर्दै गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको बताएको हो । कम्पनीले जारी गरेको सूचना भनिएको छ, ”करेन्ट हट एण्ड स्पाईसी’’ १०० ग्रामको उत्पादन मिती तथा ब्याच नम्बर…

नबिल बैंक र धुलिखेल अस्पतालबीच साझेदारी

काठमाडौं- नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुन:स्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालमा विशेष गरी जलनको उपचार, पुन:स्थापनामा…

१४ वटा मुद्दाका दोषी मिजार पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । ब्यूरोले मंगलबार एक विवरण सार्वजनकि गर्दै बैंकिङ कसूर मुद्दामा देवीचन्द्र जोशीसमेत जाहेरीले वादी नेपाल सरकार भएको मुद्दाका फरार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ०५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ…

राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा आएको छ । स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ मार्फत राहुघाट कोरिडोरमा निर्माण भएका चार वटा…

नेप्से घटेर २७३३ विन्दुमा, कारोबार रकम बढ्यो

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अंकले घटेर २ हजार ७३३.५९ विन्दुमा झरेको छ । मंगलबारको बजारमा १०५ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो भने १५ कम्पनीको स्थिर रह्यो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार ४ अर्ब ८ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब…

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करका दर फेरफेर गरेको आरोप लगाउँदै त्यसबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । सभाको मंगलबारको बैठकको आकस्मिक समयमा सांसद तुलप्रसाद विश्वकर्माले भने, ”आर्थिक विधेयक सदनमा प्रस्तुत गरिसकेको २४ घण्टा नहुँदै विधेयकको १६ पेज गायब गरेर त्यसमा पेज घटाएर अर्को विधेयक निकालिएको विषय…

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं- विपक्षी दलको अवरोध कायमै भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको गरेको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने मागसहित संसदको कारबाही…

माछापुच्छ्रेको क्रसबोर्डर ट्रान्सफर सेवा

काठमाडौं– माछापुच्छ्रे् बैंकले मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्टमार्फत नेपाल–भारत क्रसबोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्तिदेखि व्यक्ति (पीटूपी) रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ । यो…

जुम्लामा आर्थिक गणना ९१ प्रतिशत

जुम्ला– जुम्लामा आर्थिक गणना २०८२ को ९१ प्रतिशत लक्ष्य पूरा भएको छ । जुम्लालाई दिइएको लक्ष्यनुसार जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले हालसम्म ९१ प्रतिशत तथ्यांक संकलन पूरा गरेको हो । जुम्लामा आर्थिक गणनाका २०८२ का लागि कुल ४ हजार ४११ आर्थिक प्रतिष्ठानको विवरण संकलन गर्न लक्ष्य तोकिएको थियो । आर्थिक…

किसानले पाएनन् धानको समर्थन मूल्य

चितवन– चैते धान रोपाइँकै समयमा सरकारले घोषणा गरेको न्यूनतम समर्थन मूल्य किसानले अझै पनि पाएका छैनन् । गत चैतमा कृषि तथा पशुपन्छी विकास वन तथा वातावरणमन्त्री गीता चौधरीको पहलमा चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको थियो । सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८५६ रुपैयाँ तोक्दा किसानले…

भौतिक पूर्वाधार मन्त्रालयका दुई हजार बढी आयोजना प्रविष्ट

सुर्खेत– कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दुई हजारभन्दा बढी आयोजना प्रविष्ट भएको बताएको छ । प्रदेश योजना आयोगको रोस्टर प्रोजेक्टमा २ हजार ६२ आयोजना प्रविष्ट भएको पाइएको छ । स्थानीय सरकार हुँदै प्रदेशको विषयगत मन्त्रालयबाट प्रदेश योजना आयोगसम्म आगामी वर्षका लागि २ हजार ६२ वटा विभिन्न आयोजना…

बिर्तामोडमा ६ किलोमिटर सडक कालोपत्रे

बिर्तामोड– झापाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा करिब ६ किलोमिटर सडक कालोपत्रे गरेको छ । बिर्तामोड नगरपालिकाका प्रत्येक वडा तथा टोलमा चालु आर्थिक वर्ष २०८२/८३ मा ५ किलोमिटर ७५१.२ मिटर सडक कालोपत्रे गरिएको नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । उनका अनुसार बिर्तामोड–६ को…

बहुवर्षीय आयोजनाको प्रगति विवरण तयार नगरी ठेक्काको म्याद थप

धनगढी– सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बहुवर्षीय आयोजनाको प्रगति विवरण नै तयार नगरी ठेक्काको म्याद थप गर्ने गरेको तथ्य खुलेको छ । आर्थिक वर्ष २०८१/८२ मा उक्त मन्त्रालयले नौवटा आयोजनाको प्रगति विवरण तयार नगरी बजेट अभावलगायतको कारण देखाउँदै २०८४ असार मसान्तसम्म म्याद थपेको छ । महालेखापरीक्षकको प्रतिवेदनले १९ अर्ब…

विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं- सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, हुन्सार खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका हुन् ।…

झापाका चियाबगानमा किरा प्रकोप, किसान चिन्तित

बिर्तामोड– पछिल्लो समय झापाका चियाबगानमा ‘लुपर क्याटरपिलर’ किराको प्रकोप तीव्र रूपमा फैलिन थालेपछि चिया किसान, उद्योगी तथा बगान सञ्चालकहरू चिन्तित बनेका छन् । झापाको हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका लगायतका क्षेत्रमा फैलिएका सयौँ बिघा चियाबगानमा उक्त किराले चियाका कोमल तथा हरिया पात मात्र होइन, बोटको वृद्धि प्रणालीमै असर पुर्‍याउन…

इजरायलमा युद्ध सुरु भएपछि नेपाली चिन्तित

काठमाडौं– सोमबार बिहानबाट इजरायलमा पुन: क्षेप्यास्त्र आक्रमण भएपछि त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षा चुनौती थपिएको छ । इरानले इजरायलको उत्तरी र मध्य भागहरूमा मिसाइल तथा ड्रोन आक्रमण गर्दा हाइफ लगायतका धेरै नेपाली कार्यरत उत्तरी क्षेत्रका नेपालीमा त्रास फैलिएको छ । इजरायलको तेल अभिभस्थित एक हस्पतालमा कार्यरत एक नेपालीले यसअघिको युद्धमा भन्दा…

विद्युत बक्यौता तिर्न बाँकी उद्योग र पालिकाको सूची सार्वजनिक

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अहिलेसम्म विद्युत महसुल बक्यौता तिर्न बाँकी रहेका उद्योग र पालिकाहरुको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले उपलब्ध गराएको सूचीमा डेडिकेटेड/ट्रंकलाइनको महसुल तिर्न बाँकी रहेका उद्योगहरु र सडकबत्ती वापतको बक्यौता तिर्न बाँकी रहेका गाँउपालिका र नगरपालिकाको सूची छ । अहिलेसम्म डेडिकेडेट फिडर/ट्रंक लाइनबाट विद्युत उपभोग…

बीबीसीको ‘टाइगर आइल्याण्ड’ श्रृंखलाले विश्व मञ्चमा चम्किँदै बर्दिया

काठमाडौं– नेपालको वन्यजन्तु संरक्षणमा प्राप्त सफलताले अहिले विश्वको ध्यान तानेको छ । विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्ज र त्यहाँस्थित बुर्हान वाइल्डरनेस क्याम्पलाई समेटेर तयार पारिएको बीबीसीको नयाँ वन्यजन्तु श्रृंखला ‘टाइगर आइल्याण्ड’ ले नेपालको पर्यावरण पर्यटन र वन्यजन्तु संरक्षण प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको हो । यही ७ जुन २०२६ मा…

काम गरे राजस्व लक्ष्य पूरा हुन्छ

सरकारले ल्याउने वार्षिक बजेटप्रति धेरै कोणबाट टीकाटिप्पणी हुने गर्छन् । त्यसमध्ये एउटा राजस्वको लक्ष्यलाई लिएर गरिने टिप्पणी पनि हो । बजेटको आकार बढेपछि स्वभावैले राजस्वको लक्ष्य पनि बढाउने गरिन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेटमा संघीय सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व…

Powered by RSS 2 HTML