Karobar Daily

आयात प्रतिस्थापन गर्ने क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी बजेट आउँछः अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नेगरी बजेट निर्माण गरिने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा पूर्वबजेट सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री पुनले पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादनका सिमेन्ट उद्योग र कृषि…

एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

काठमाडौं- सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ । वैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना…

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरण गर्ने प्रतिबद्धता

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भई सबै…

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ

काठमाडौं- नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सदिक्षा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको २०८० चैत्र २२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसै सम्बन्धमा कम्पनीका अध्यक्ष आनन्द वगडियाले कम्पनीले प्रदान गर्ने सेवा र सुविधाको अवधारणा अधिक जनमानस…

निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली काँग्रेसको कुनै विरोध नरहने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले काँग्रेसले आएको विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा काँग्रेस सकारात्मक रहेको बताए । उनले संवैधानिक…

विपदबाट १ अर्ब २३ करोडको क्षति

काठमाडौं- सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपदहरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपदको कारण करिव १…

सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छः गृहमन्त्री

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्मा परेका नागरिकहरुको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताएका हुन् । उनले…

एक लाख बीमितको कार्ड जारी गर्दै महानगर

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् । कार्ड जारी भएसँगै बीमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु…

पर्यटक आगमन कोभिडअघिकै अवस्थामा

काठमाडौं– पर्यटक आगमन पुरानै लयमा फिर्ता भएको छ । कोभिड महामारीका कारण सन् २०२० देखि ओरालो लागेको पर्यटन बजार क्रमशः पुरानै लयमा फिर्ता भएको हो । सन् २०२४ को सुरुवातबाट नै पर्यटक आगमनमा सुधार देखिएसँगै नेपालको पर्यटन बजार सुधार भएर नयाँ रेकर्ड बनाउने लयमा रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए…

सांग्रिला डेभलपमेन्ट बैंककाे अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ र क्विज प्रतियोगिता सम्पन्न गरेको छ । माघ २६, मा शाखास्तरमा सुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भई सो प्रतियोगिताबाट छनौट भएकाहरु अन्तिम चरणमा आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा…

निर्माण व्यवसायीको ५० अर्ब भुक्तानी बाँकी

काठमाडौं– निर्माण व्यवसायीको ५० अर्ब भुक्तानी बाँकी रहेको उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बिहीबारको बैठकमा उनले सो कुरा बताएका हुन् । महासेठले दायित्व बाँकी रहे पनि हाल आन्तरिक रूपमा केही व्यवस्थापन गरेर निर्माणका काम भइरहेका बताएका थिए । उनले आगामी आर्थिक वर्षको…

विद्युत महशुल बढाउने विपीसीको प्रस्ताव

स्याङ्जा– स्याङ्जाको गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (विपीसी) ले विद्युत महशुल बढाउने प्रस्ताव गरेको छ । स्याङ्जा सदरमुकाममा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उसले विद्युत महशुल बढाउने प्रस्तावको बारेमा जानकारी दिएको हो । विपीसीबाट उत्पादित विद्युत बिक्रीमा हाल कायम रहेको मूल्यमा ७५ प्रतिशत वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ…

Powered by RSS 2 HTML